Dhulikhel Eco Banner new

किशोर मारेको अभियोगमा साँढे हिरासतमा !

5.41K
shares

काठमाडौं, २६ जेठ । व्यक्तिले कुनै अपराध गरेको खण्डमा हिरासतमा लिएको समाचार तपाईका लागि साधारण होला । तर साँढेलाई पनि मान्छे मारेको आरोपमा हिरासतमा लिइएको भन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर यो बास्तविक घटना हो । दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र साँढेका मालिकलाई हिरासतमा लिएको छ ।

समाचारमा जनाइए अनुसार गत साता फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हानेको थियो । साँढेको सिङको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार ‘साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ । किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ ।’

सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई पनि थुनामा राखिएको थियो । प्रहरीले मालिक निर्दोष छ । तर, अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ रहेको जनाएको छ ।