अण्डाको मूल्य बढ्यो
वि.सं.२०८१ पुस ५ शुक्रवार ११:३२
shares

काठमाडौं,५ पुस । अण्डाको मूल्य बढेको छ ।शुक्रबार देखि लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो ।
संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिक्रेट पुगेको हो ।
संघका अनुसार चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्नेछ । अब बजारमा अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ बढी पर्ने भएको छ ।
जाडो महिना लागेसँगै उत्पादनमा कमी आउने र बजारमा माग बढ्ने भएकोले अण्डाको भाउ बढेको हो ।


















