एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
वि.सं.२०८१ पुस ६ शनिवार १४:०५
2.22K
shares
shares

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनवपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
















