राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष मनोजबावु बन्ने पक्का, वरिष्ठ उपाध्यक्षमा जुटेन सहमति
वि.सं.२०८१ पुस १२ शुक्रवार ०९:२२
shares

काठमाडौं, १२ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो अध्यक्षका रुपमा मनोजबावु श्रेष्ठले जिम्बेवारी पाउने पक्का भएको छ । महासंघको आगामी २० गते महाधिवेशन हुँदैछ । महाधिवेशनमा मनोजबावुलाई अध्यक्ष बनाउन महासंघमा आवद्ध सबै संघहरु तयार भएका छन् ।
उता वरिष्ठ उपाध्यक्षमा भने सहमति जुट्न सकेको छैन । महासंघमा २ दर्जन बढी संघहरु आवद्ध छन् । वरिष्ठ उपाध्यक्षमा नेपाल व्यापार संघ, बानेश्वर व्यापार संघ, राष्ट्रिय व्यापार संघ लगायतका संघहरुको दावी छ । नेपाल व्यापार संघका तर्फबाट महासंघ यात्रा तय गरेका कुमार कार्की अहिलेका बहालवाला अध्यक्ष हुन् । नेपाल व्यापार संघलाई वरिष्ठ उपाध्यक्ष दिने सहमति दिएमा हरि गौतम हुने सम्भावना रहेको छ ।
उता महासचिवमा पनि आकांक्षीहरुको लर्को छ । तर सर्वसम्मत नै हुने सम्भावना रहेको भन्दै महासंघले क–कसको दावी रहेको छ भन्ने कुरा खुला चाहेको छैन ।



















