Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

2.72K
shares

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । खारेज गरिएका कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो। लाइसेन्स खारेज भएका कम्पनीहरूसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले विप्रेषण सेवा लिने वा दिने सबैलाई सचेत रहन र नियमानुसार काम गर्न आह्वान गरेको छ।