Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न

2.81K
shares

काठमाडौं, २९ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार ३०२ रुपैयाँको ३.६५  प्रतिशत हुन आउने

१२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ पुगेको छ ।

साधारण सभाले आव २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।