Dhulikhel Eco Banner new

डीडीसीले तिर्‍यो काठमाडौं महानगरलाई सम्पत्ति कर, करोडभन्दा बढी दाखिला

2.41K
shares

काठमाडौं, ४ माघ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर बुझाएको छ ।

२०८१ पुस २८ गतेको मूल्यांकनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले बिहीवार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।

महानगरका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलले महानगरको नियम अनुसार कसैलाई काखा कसैलाई पाखा गर्न नदिने अडान लिएपछि सार्वजनिक संस्थानहरुले पनि कर बुझाउन थालेका छन् ।