नबिल बैंकले कमायो ३ अर्ब २४ करोड २४ लाख खुद नाफा
वि.सं.२०८१ माघ ७ सोमवार १०:४६
shares

काठमाडौं, ७ माघ । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २४ करोड २४ लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो।
यस अवधिमा बैंकको नाफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य वृद्धि देखिएको छ । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब २० करोड ३० लाख बराबर नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख पुगेको छ ।
साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।

















