Dhulikhel Eco Banner new

राष्ट्र बैंकले रू. २० अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

4.94K
shares

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले रू.२० अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ ।

बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । मंगलवार जेठ ३१ गते जारी हुने यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०७९ भदौ २८ गते परिपक्व हुनेछ । त्यसैगरी, बैंकले १८२ दिनको लागि रू.४ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी बिल २०७९ मंसिर २७ गते परिपक्व हुनेछ । साथै बैंकले एक वर्षको लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो बिल भने २०८० जेठ ३० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइन्छ ।