Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.28K
shares

काठमाडौं, १८ माघ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार तोलामा १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार २ हजार ३ सयले बढेर तोलामा १ लाख ६२ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर शुक्रवार तोलामा १ हजार ९१५ रुपैयाँमा कायम भएको छ ।