Dhulikhel Eco Banner new

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

2.38K
shares

काठमाडौं, १८ माघ । शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ ।
यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ ।