Dhulikhel Eco Banner new

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्वारा प्रतिनिधी चयन

1.7K
shares

काठमाडौं, १९ माघ । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ ।

चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन् ।

अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि शर्मालाई बधाई एवं शुभकामना समेत व्यक्त गरेका छन् ।

नेपाल र अष्ट्रेलियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियामा नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको श्रेष्ठले बताए ।

उनले भने,‘नेपालबाट अष्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रे«लिया राम्रो बजार छ, ।’
 उनले अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि आग्रह गरे ।

त्यस्तै, चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउँदै व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न पहल गर्ने बताए ।