शेयर बजारमा १२ अर्ब ९५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ २० आइतवार १५:४४
shares

काठमाडौं, २० माघ । शेयर बजारमा १२ अर्ब ९५ करोड कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४१ करोड ९७ लाख कारोबार भएको हो ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख कारोबार भएको छ भने सिन्धु विकास बैंकको ३० करोड ६१ लाख कारोबार भएको छ ।
त्यसैगरी हिमालयन पावर पार्टनरको २९ करोड ८१ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २७ करोड ८१ लाख कारोबार भएको छ ।


















