शेयर बजारमा ८ अर्ब ९१ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ २२ मंगलवार १६:१९
2.81K
shares
shares

काठमाडौं, २२ माघ । शेयर बजारमा मंगलवार ८ अर्ब ९१ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ८७ लाख कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख कारोबार भएको छ भने हिमालय ऊर्जा विकासको २५ करोड ४० लाख कारोबार भएको छ ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सः २१ करोड ४१ लाख कारोबार भएको छ भने पिपुल्प हाइड्रोपावरः १९ करोड २ लाख कारोबार भएको छ ।















