Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले गिरावट, १६२ कम्पनीको शेयर मूल्य घट्यो

2.89K
shares

काठमाडौं, १ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.२६ अंकले घटेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ९२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मातृभुमि लघुवित्त र कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।