गैरहाजिर कर्मचारीलाई समयमै उपस्थित हुन निर्देशन
वि.सं.२०८१ फागुन ११ आइतवार ११:४८
shares

काठमाडौं, ११ फागुन । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका सम्पर्कमा नरहेका १० जना कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
बागलुङ नगरपालिकाका ८ घर भएका प्रहरी सहायक हबल्दार कृष्ण कार्की दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् ।
यसैगरी प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन्।
यसैगरी बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर र कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईन पनि कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरी ,उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।



















