Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले  फागुन १८ गतेदेखि ऋणपत्र सार्वजनिक निष्कासन गर्ने

2.72K
shares

काठमाडौं, ११ फागुन । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि आफ्नो नयाँ ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ। यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ र यसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर हुनेछ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने योजना बनाएको छ हो ।

जसको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ निर्धारण गरिएको छ। कुल ३ अर्ब रुपैयाँ बराबरको यी ऋणपत्रको निष्कासन नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति प्राप्त गरिसकेको छ।

यस ऋणपत्रको ६० प्रतिशत, अर्थात् १८ लाख कित्ता व्यक्तिगत लगानीकर्ताहरूलाई उपलब्ध गराइनेछ भने ४० प्रतिशत, अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने जानकारी प्राप्त भएको छ। साथै, ५ प्रतिशत ऋणपत्र अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिनेछ।

ऋणपत्रको खरिदका लागि आवेदन दिने प्रक्रिया २५ कित्ताबाट सुरु हुनेछ र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिनको अन्तिम मिति फागुन २१ गते रहेको छ, यदि उक्त समयमा पर्याप्त आवेदन प्राप्त नभएमा आवेदनको मिति चैत ३ गतेसम्म थपिनेछ।

यस ऋणपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा अर्धवार्षिक रूपमा हुने छ। बैंकले यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ।