Dhulikhel Eco Banner new

ठोस उपलब्धि नभएसम्म लगानीकर्ताले आन्दोलनको मैदान नछोड्ने

5.94K
shares

काठमाडौं, ३० जेठ । सेयर लगानीकर्ताहरुका विभिन्न दश संघ संस्थाहरुले यसपटकको आन्दोलनले ठोस उपलब्धि हाँसिल नगरेसम्म मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन । साथै उनीहरुले नियमनकारी निकायले प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट ब्यक्त गरेका छन ।

नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गंभीर समस्या उत्पन्न भई लगानीकर्ताहरुको पलायन हुने अवस्था आएको भन्दै केहि दिनदेखि सेयर लगानीकर्ताहरु आन्दोलनमा रहेका छन ।

यसै सिलसिलामा पूँजी बजार सुधार संघर्ष समितिले जेठ ३० गते सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने भएको छ । त्यस्तै जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गरेको छ ।

सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे मागमा लगानीकर्ताका दश संघसंस्थाहरुले एकवद्धता जनाउँदै ति मागहरु साझा भएको स्पष्ट पारेका छन । १० बुँदे मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा आब्हान समेत गरेका छन ।