झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ फागुन १२ सोमवार १५:१९
shares

काठमाडौं, १२ फागुन । सोमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.३५ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन राप्ती हाइड्रोका लगानीकर्ताले ९.४७ प्रतिशतका दरले कमाएका छन् भने बोर्टलस बालाजुका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, नेपाल हाइड्रोका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ६.४३ प्रकतिशतका दरले कमाएका छन् ।

















