शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ फागुन १२ सोमवार १५:२८
shares

काठमाडौं, १२ फागुन । सोमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.३५ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।
शयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा शेयर बजारमा विन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन भुगोल इर्नजीका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ५.३८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, रिलायन्स फाइनान्सका लगानीकर्ताले ४.६८ प्तिशतका दरले गुमाएका छन् भने एनएलजि इन्स्योरेन्सका लगानीकर्ताले ४.४८ प्रतिशतका दरले गुमाएका छन् ।


















