शेयर बजारमा ११ अर्ब ८ करोडको कारोबार हुदाँ यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन १२ सोमवार १५:३७
2.52K
shares
shares

काठमाडौं, १२ फागुन । शेयर बजारमा ११ अर्ब ८ करोड ५४ लाखको कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८९ करोड ३५ लाख कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ६७ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ९४ लाख कारोबार भएको छ ।
त्यसैगरी, घलेम्दी हाइड्रोको ३८ करोड ९७ लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको ३१ करोड ३३ लाख कारोबार भएको छ ।


















