Dhulikhel Eco Banner new

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो

2.56K
shares

काठमाडौं,२७ फागुन । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।

अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो ।अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ ।

विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।