Dhulikhel Eco Banner new

स्मार्टच्वाइस टेक्नोलोजिज र शुक्र हाउस अफ डाईग्नोस्टिक्सबीच विशेष छुटको सम्झौता

2.2K
shares

काठमाडौं, २७ फागुन। स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बीच एक नयाँ सम्झौताले एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने अवसर सिर्जना गरेको छ।

यस सम्झौताअनुसार, एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले आफ्नो कार्डमार्फत भुक्तानी गर्दा विभिन्न सेवामा छुट पाउनेछन्। इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी, ईसीजी र इकोजस्ता सेवामा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार त्यसका अतिरिक्त, एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौं उपत्यका भित्र चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र टेलिमेडिसीन सेवा पनि ५ प्रतिशत छुटमा उपलब्ध हुनेछ। काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सन सेवाको पनि सुविधा प्रदान गरिएको छ।

स्मार्टच्वाइस टेक्नोलोजिजका सदस्यहरूमा ५ ‘क’ वर्गका बैंक, ५ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १०० भन्दा बढी सहकारी संस्थाहरू रहेका छन्। एससीटी–युपिआइ कार्ड धारक ग्राहकहरूले यस अफरको पूरा लाभ लिन सक्नेछन्, जबकि जसलाई एससीटी–युपिआइ कार्ड छैन, तिनीहरूले आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकबाट सजिलै कार्ड प्राप्त गर्न सक्ने कम्पनलिे जनाएको छ ।