प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन २८ बुधवार ११:१२
1.94K
shares
shares

काठमाडौं, २८ फागुन । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ६९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बुधवार ६ सयले बढेर तोलामा १ लाख ७० हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार २ हजार रुपैयाँमा कायम भएको छ।



















