Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, हेर्नुस कति जना भए मालामाल ?

2.44K
shares

काठमाडौं, १ चैत । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँट सम्पन्न गरेको हो ।

एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको थियो । यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए  । जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाखभन्दा बढीको हात रित्तो भएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरिएको थियो ।

कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।

उक्त एफपीओको नजिता लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट हेर्न सकिने छ। यसका साथै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने छ ।