सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
वि.सं.२०८१ चैत ११ सोमवार १३:२९
shares

काठमाडौं, ११ चैत । सिटिजन्स बैंकले ७ वटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ । बैंकले चैत ४ देखी १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको हो ।
बैंकका अनुसार ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर,भैसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको हो ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको जनाएको छ । बैंकका अनुसार वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ को विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।















