शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढ्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत १४ बिहीवार १५:१६
shares

काठमाडौं, १४ चैत । बिहीवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४१.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १.८२ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन हिमालयन बैंक बन्डका लगानीकर्ताृले १.७९ प्रतिशतका दरले गुमाएका छन् भने आइसिएफसी फाइनान्स ऋणपत्रका लगानीकर्ताले १.६१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी कृषि विकास बैंक ऋणपत्रका लगानीकर्ताले १.५५ प्रतिशतका दरले गुमाएका छन् भने नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले १.३८ प्रतिशतका दरले गुमाएका छन् ।















