उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत १४ बिहीवार १५:०७
shares

काठमाडौं, १४ चैत । बिहीवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४१.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा गुरास लघुवित्त र श्रिजनशिल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८.६० प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, अभियान लघुवित्तका लगानीकर्ताले ७.६१ प्रतिशतका दरले कमाएका छन् ।















