उच्च अंकले बढ्यो शेयर बजार, २२७ कम्पनीको शेयर मूल्यमा वृद्धि
वि.सं.२०८१ चैत १४ बिहीवार १५:०४
2.16K
shares
shares

काठमाडौं, १४ चैत । बिहीवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४१.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा गुरास लघुवित्त र श्रिजनशिल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १.८२ प्रतिशतका दरले गुमाएका छन् ।















