Dhulikhel Eco Banner new

राजनीतिक प्रदर्शनका कारण काठमाडौंमा चौतर्फी सवारी जाम

2.98K
shares

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रवार आयोजना हुने राजनीतिक प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीका मुख्य मुख्य स्थानहरूमा बिहानैदेखि सवारीको जाम बढेको हो ।

विशेषगरी तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी चाप बढेको छ । तीनकुनेमा राजावादी समूहको प्रदर्शन तथा भृकुटीमण्डपमा गणतन्त्र पक्षधरहरूको विरोध कार्यक्रम सुरु भइरहेको छ।

ट्राफिक व्यवस्थापन सहज बनाउन एक हजार ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रा गर्दा असहजता हुन नदिन ट्राफिक प्रहरीले अतिरिक्त समय लिएर यात्रा योजना बनाउन आग्रह गरेको छ।

यसका साथै, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा सवारीको चाप उच्च रहेको छ ।