Dhulikhel Eco Banner new

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

2.56K
shares

काठमाडौ, १६ चैत । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो । बैंकले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ ।

बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई ऋण प्रवाह गर्ने काम गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो ।

बैंकमा कारोबार गर्दाका फाइदाहरु :

– बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ ।

– बैंकमा बचत गर्नाले बचत रकम अनुसारको ब्याज पाइन्छ ।

– आवश्यक परेको बेलामा बैंकबाट रकम झिकेर प्रयोग गर्न सकिन्छ ।

–बैंकमा खाता भयो भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ ।

– आवश्यक परेको बेलामा बैंकबाट ऋण लिन सकिन्छ ।

याे पनि पढ्नुस् : वित्तीय साक्षरता १ : बैंक के हो ? कसरी गर्ने बैंकिङ कारोबार

–बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब वा सरकारबाट प्रदान हुने रकमहरू प्राप्त गर्न सकिन्छ ।

–बैंक तथा वित्तीय संस्थाको सेवा लिने मान्छेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा धेरै ठूलो रकम बोकेर हिँड्नु पर्ने झन्झट समेत हुँदैन् ।

विभिन्न ठाउँमा भएका बैंकहरूका शाखा वा एटिएम मेशिनबाट आवश्यक रकम झिक्न सकिन्छ । यसरी पैसा हराउने वा लुटिने जोखिम कम समेत कम हुन्छ ।