विश्व बैंकले नेपालको सडक पूर्वाधारका लागिको २० अर्ब उपलब्ध गराउने
वि.सं.२०८१ चैत १७ आइतवार ११:४५
2K
shares
shares

काठमाडौं, १७ चैत । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर (साढे २० अर्ब रुपैयाँ) को वित्तीय सहायता उपलब्ध गराउने निर्णय गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले उक्त सहायता प्रस्तावलाई अनुमोदन गरेको हो।
यस सहायताले नेपालको सडक विभागको क्षमता सुदृढ गर्न र प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।



















