Dhulikhel Eco Banner new

राष्ट्रिय व्यवसायी महासंघद्धारा तिनकुने घटनामा कडा कारवाहीको माग

2.22K
shares

काठमाडौं, १७ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघले शुक्रवार तिनकुनेमा भएको घटनाको तत्काल यथोचित छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरी भौतिक क्षतीको क्षतीपुर्तीको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । महासंघले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कडा भन्दा कडा कारवाही र क्षतीपुर्तीको व्यवस्था गरिदिन माग गरेको हो ।

आन्दोलनको नाममा निजि तथा सार्वजनिक सम्पत्ति एवम् व्यवसायी प्रतिष्ठानहरुमा भएको तोडफोड, लुटपाट तथा आगजनीले ठूलो क्षती पुर्‍याएको विज्ञप्तीमा उल्लेख गरिएको छ । हिजोको गतिविधिमा सरकार पक्ष पनि गम्भीर नभइ दिंदा तथा निजि क्षेत्रको सम्पतिको संरक्षणमा राज्यले तदारुक्ता नदेखाएको कारण यस्तो हुन गएको हो भन्ने महासंघको बुझाइ छ ।

विज्ञप्तीअनुसार व्यवस्था परिवर्तनको नाममा होस वा अन्य आन्दोलन तथा प्रदर्शन कार्यक्रमको कारणले होस व्यवासायीहरु सदा पिडित हुदै आइरहेको तितो यथार्थ कहिं कतैवाट लुकेको छैन । आर्थिक मन्दीको कारणले व्यवसायी जगत नै धरासायीमा पुग्ने अवस्था भइ सक्दा पनि सरकार र सम्बन्धीत पक्ष सरकारत्मक नभइदिंदा कष्ट व्यहोर्नु परेको त छदै थियो अकस्मात विभिन्न पक्ष र राजनितिक आन्दोलनको नाममा व्यवासयी प्रतिष्ठान भित्र पसेर दिन दहाडै लुट्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने जस्ता निन्दनीय गतिविधिले व्यवसायी थप आकान्त भएको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले आगाडीका दिनमा यस्तो घटना नदोहरिने विश्वास दिलाई व्यवसायीलाइ उच्च मनोवलका साथ व्यवासायमा फर्किने वातावरण सिर्जना गर्नुपर्ने विज्ञप्तीमा छ । साथै आन्दोलनमा राज्य पक्षले उद्योगी व्यवसायीको सुरक्षा र संरक्षणमा गम्भिर रुपमा ध्यान पुर्‍याउनु पर्ने साथै यस्ता खालका हिंसात्मक गतिविधि हुन रोक्न सरकारसँग माग गरेको छ।