शेयर बजारमा दोहोरो अंकले वृद्धि, १६६ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ चैत २० बुधवार १५:१०
shares

काठमाडौं,२० चैत । बुधवार शेयर बजारमा दोहोरो अंकले बढेको छ । शेयर बजार २५.३१ अंकले घटेर २,७०१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ४४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।


















