Dhulikhel Eco Banner new

दोहोरो अंकले शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.95K
shares

काठमाडौं, २० चैत । बुधवार शेयर बजारमा दोहारो अंकले बढेको छ । शेयर बजार २५.३१ अंकले बढेर २,७०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ४४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा विशाल बजार कम्पनी र सेन्टल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले कमाएका छन् भने न्यादी विद्युतका लगानीकर्ताले ६.६० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, रिभर्स फल्सका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले कमाएका छन् ।