Dhulikhel Eco Banner new

विन नेपाल लघुवित्तको एफपीओमा ४५६ गुणा बढी आवेदन,५ हजारले मात्र पाउने

2.73K
shares

काठमाडौं, २६ चैत । विन नेपाल लघुवित्तको एफपीओमा ४५६ गुणा बढी आवेदन परेको छ । उक्त एफपीओ भर्ने अन्तिम दिन मंगलवार साँझ ५ बजेसम्म रहेको थियो । साँझ ५ बजेसम्ममा ४५६ गुणा आवेदन परेको हो ।

एफपीओमा १९ लाख ७४ हजार जनाले २ करोड ३३ लाख ८४ हजार कित्ताका लागि आवेदन दिएका छन्। लघुवित्तले ५१ हजार २ सय ९२.५० कित्ता एफपीओ निष्काशन गरेको हो । आवेदन दिएका मध्येबाट ५ हजार १२९ जनाले मात्र पाउने छन् भने बाँकीको हात खाली रहनेछ ।

कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२.५० कित्ता एफपीओ निष्काशन गरेको हो । कम्पनीले चैत २१ गतेदेखि प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।