Dhulikhel Eco Banner new

इभिको लागि नयाँ र बजेटमैत्री एक्स थ्रि प्रो स्पेयर पार्ट्सको घोषणा

2.03K
shares

काठमाडौं, २६ चैत । काईयीले इभिको लागि नयाँ र बजेटमैत्री एक्स थ्रि प्रो स्पेयर पार्ट्सको उपलब्धता घोषणा गरेको छ। यो नयाँ स्पेयर पार्ट्स समाधानले सस्तो र सरल मर्मतको विकल्प प्रस्तुत गरेको हो ।

कम्पनीका अनुसार काईयीका पार्ट्स उच्च गुणस्तरीय र भरपर्दो छन् ।  इभि सवारीलाई दीर्घकालीन रूपमा उत्कृष्ट अवस्थामा राख्न मद्दत पुर्याउँछ। कम्पनीले इभिको अनुभवलाई अझ सहज र किफायती बनाउनका लागि ध्यान पुर्याएको छ ।

इभि सवारी मालिकहरूले अब महँगो मर्मतका लागि चिन्ता नगरी, किफायती मूल्यमा उत्कृष्ट स्पेयर पार्ट्सको प्रयोग गर्न सक्नेछन्। काईयीले सवारी मर्मतको क्षेत्रमा नयाँ स्तरको सहजता र विश्वास ल्याएको कम्पनीले जनाएको छ।