सुनको मूल्य तोलामा ५ हजार ७ सयले बढेर हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ चैत २८ बिहीवार १०:४३
3.37K
shares
shares

काठमाडौं, २८ चैत । स्थानीय बजारमा बिहीवार सुनको मूल्य उच्च दरले बढेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ७५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ५ हजार ७ सयले बढेर प्रतितोला १ लाख ८१ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर १ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।

















