Dhulikhel Eco Banner new

स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधवारअन्तिम दिन

2.04K
shares

काठमाडौं, १० वैशाख । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ । दुबै संस्थाले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

स्वरोजगार लघुवित्तले वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आफ्नो १६औँ वार्षिक साधारणसभा बिहान ११.३० बजे बोलाएको छ। सभामा १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश (कुल १४.२१ प्रतिशत )प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र संशोधन र सम्भावित मर्जर सम्बन्धी प्रस्ताव पनि सभामा निर्णय हुनेछ।

स्वाभिमान लघुवित्तको आठौँ वार्षिक साधारणसभा वैशाख १९ गते तिलोत्तमा, रुपन्देहीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे हुनेछ। कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२५३२ प्रतिशत नगद लाभांश (कुल ५.२६३२ प्रतिशत) प्रस्ताव गरेको छ। प्रबन्धपत्र संशोधन, लेखापरीक्षक नियुक्ति, र रिक्त सञ्चालक पद पूर्तिसम्बन्धी प्रस्तावहरू पनि सभामा पारित गरिनेछन्।