मेरोमाइक्रोफाइनान्सको खुद नाफामा वृद्धि, हेर्नुस् अन्य सूचक कस्तो ?
वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:०५
shares

काठमाडौं, १२ वैशाख । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ४.४५ प्रतिशतले बढेको हो।
कम्पनीले गत आवको चैत मसान्तसम्म १२ करोड ३८ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर १२ करोड ९३ लाख पुगेको हो। कम्पनीको खराब कर्जा गत वर्ष ७.६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ।
यद्यपि समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १७ करोड ५८ लाखबाट बढेर १८ करोड ४६ लाख पुगेको छ भने खुद ब्याज आम्दानी पनि ६० करोड ९२ लाखबाट बढेर ७३ करोड ८२ लाख पुगेको छ।
कम्पनीले ८ अर्ब ५८ करोड रुपैयाँ सापटी लिएर १४ अर्ब ६८ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
चुक्ता पूँजी १ अर्ब ४१ करोड रहेको यस कम्पनीको रिजर्भ कोषमा ७६ करोड सञ्चिति छ भने वितरणयोग्य नाफा १ करोड ३४ लाख ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ।


















