Dhulikhel Eco Banner new

‘लायन्स ३२५–एच’ को सेकेण्ड भाइस गभर्नरमा कार्की विजयी

2.26K
shares

काठमाडौं । लायन्स क्लब इन्टरइनेसनल मल्पिल डिस्ट्रिक ३२५ एचको द्वित्तीय गभर्नरमा समाजसेवी सुदामा कार्की विजयी भएका छन् । अर्का उम्मेदवार दिपक रेग्मीलाई हराउदै कार्की विजयी भएका हुन् । कार्कीले १०७ मत ल्याए । डिस्ट्रिक गभर्नरमा भने रवीन्द्रबहादुर प्रधान र प्रथम भाइस गभर्नरमा उघव सिलवाल स्वतः विजयी भएका छन् ।

समाजसेवासँगै पर्यटन व्यवसायमा समेत सकृय रहेका कार्की यस अघि ड्रिस्टिक ट्रेजरर (कोषाध्यक्ष) थिए । २०३१ साल साउन १५ गते बुवा चुडाबहादुर कार्की र आमा बालकुमारी कार्कीको जेठो सन्तानका रुपमा चितवनको भरतपुरमा जन्मेका सुदामा कार्कीले विद्यालय तहको शिक्षा गाउँमै पूरा गरे । उच्च शिक्षाका लागि भने उनी राजधानी आउनु भयो । उनले वाणिज्य शास्त्रमा स्नात्तकोत्तर उपाधि हासिल गरेका छन् । समाजसेवा र शिक्षाको भोक भने उनमा अझै मेटिएको छैन । बौद्ध दर्शनमा उनले अहिले पनि स्नात्तकोत्तर अध्ययन गरिररहेका छन् ।

कार्कीले २०६१ साल अर्थात सन् २००४ मै गरिब तथा अनाथ बालबालिका उद्दार केन्द्र स्थापना गरी बालबालिकाका क्षेत्रमा काम गरिरहेका छन् । अनाथ र विपन्न बालबालिकाका अभिभाबक बनेर आफ्नो परिचय स्थापित गराउन सफल सुदामा कार्कीले सन् २०१३ बाट लायन्स क्लब स्वीटहोम भक्तपुरको चार्टर्ड प्रेसिडेन्टबाट लायनिजममा प्रवेश गरेका थिए ।

सन् २०१६/१७ मा जोन चेयर पर्सन, २०१७/१८ मा रिजन चेयर पर्सन र २०१९/२० मा एरिया कोर्डिनेटर हुँदै हाल उनी क्याबिनेट ट्रेजररको रुपमा सफलतापूर्वक जिम्बेवारी निर्वाह गर्नु भएको छ ।

२०७२ सालको महाभूकम्प पश्चात दोलखाको खावामा रहेको देउराली प्राथमिक विद्यालय भवनको पुननिर्माण, नुवाकोटमा सामुदायिक भवन निर्माण लगायत उनले गरेका सेवा तथा सहयोगहरुको सूची निकै लामो छ । २०७२ सालमै काठमाडौंको गाकर्णेश्वर–२ नयाँपाटीमा ११ रोपनी क्षेत्रफलमा वातावरणमैत्री भवन निर्माण गरी हाल ४० जना असहायक बालबालिकालाई सरक्षकत्व प्रदान गरिररहेका छन् ।

उनले कुण्डलीनि एजुकेसन फाउण्डेसनको स्थापना गरी ३५० भन्दा बढी बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । लायन्स क्लब स्वीटहोम भक्तपुर र काठमाण्डू कुण्डलिनी मपार्mत उहाँले काठमाडौँ कर्मालय, काठमाडौं युबी ग्रुप, काठमाडौं स्वीटहोम, कुण्डलिनी टिचर्स, ह्याप्पी सर्कल, क्रियटिप ट्रेण्डस्m चन्द्रागिरी सिटी गरी ७ वटा क्लब स्थापना गरेका छन् । उनी कोभिडका बेला राम्रो सेवा गरेको भन्दै कोभिड हिरो अवार्डबाट सम्मानित समेत भएका थिए ।