Dhulikhel Eco Banner new

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

2.22K
shares

काठमाडौं, ४ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ। । बीमालेखको हकमा इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखाका आधारमा बोनसदर घोषणा गरेको हो।

जसअनुसार सर्वाधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।

त्यसैगरी अर्को सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रूपैयाँदेखि ६२ रूपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रूपैयाँदेखि ५२ रूपैयाँसम्म बोनसदर दिने भएको छ।