शेयर बजारमा ८ अर्ब ५० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ ४ आइतवार १५:३९
2.31K
shares
shares

काठमाडौं, ४ जेठ । शेयर बजारमा ८ अर्ब ५० करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७० करोड ३७ लाख कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख कारोबार भएको छ भने राधी विद्युतको ४८ करोड ४२ लाख कारोबार भएको छ ।
त्यसैगरी युनिभर्सल पावरको ४३ करोड ८१ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ४२ करोड २७ लाख कारोबार भएको छ ।


















