दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ जेठ ५ सोमवार १५:४२
shares

काठमाडौं, ५ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.३० अंकले बढेर २,६३२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ३५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिनओम मेगाश्री फार्मास्युटिकल्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी तेह्रथुम पावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् ।















