Dhulikhel Eco Banner new

गभर्नर छनोट सिफारिस समितिको बैठक बस्न नसक्दा अन्योलमा गभर्नर नियुक्ति

1.87K
shares

काठमाडौं, ५ जेठ । सरकारले सोमवारको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउने चर्चा चले पनि उक्त प्रक्रिया अझै अन्यौलमा परेको छ। नेपाली कांग्रेसको भागमा परेको गभर्नर पदका लागि अन्तिम नामावली टुंगिएको खबर आएपनि सिफारिस समितिको बैठक नबोलाइएको कारण प्रक्रिया औपचारिक रूपमा अघि नबढेको हो।

गभर्नरका लागि नेपाली कांग्रेसका तर्फबाट डा. विश्व पौडेलको नाम प्रस्तावित भएको बताइएको छ। उनी वैशाख २६ गते गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर संभावित नियुक्तिका रूपमा तयारी अवस्थामा छन्।

सरकारको सोमवार साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको विषय प्रवेश गर्ने अपेक्षा गरिए पनि सिफारिस समितिको बैठक नबोलाइएसम्म प्रक्रिया अघि बढ्न सक्ने अवस्था छैन। अर्थमन्त्रीको सचिवालयका अनुसार समितिको बैठक कहिले बस्ने भन्नेबारे हालसम्म कुनै निश्चितता छैन। समितिको बैठक अर्थमन्त्रीले बोलाउनु पर्ने प्रावधान भए पनि सम्भावित उम्मेदवारको नाम समेत सदस्यहरूलाई औपचारिक रूपमा उपलब्ध नगराइएको जनाएको छ।