काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बन
वि.सं.२०८२ जेठ २० मंगलवार १६:४२
1.86K
shares
shares

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार पाण्डेलाई निलम्बन गरेका हुन्। यसअघि गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पुर्याएको आरोप लगाउँदै लिखित स्पष्टीकरण माग गरेका थिए।
उक्त आरोपको सन्दर्भमा प्रारम्भिक अनुशासनात्मक कारवाहीस्वरूप पाण्डेलाई अस्थायी रूपमा पदबाट निलम्बन गरिएको छ। निलम्बन अवधिभर पाण्डेले आफ्नो पद र जिम्मेवारी बहन गर्न सक्ने छैनन्।



















