मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ जेठ २२ बिहीवार १०:०९
2.22K
shares
shares

काठमाडौं, २२ जेठ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ निर्धारण गरेको छ। हाल यस शेयर कम्पनीका संस्थापक व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन्।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।


















