Dhulikhel Eco Banner new

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

2.02K
shares

काठमाडौं, २६ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको आइतवार बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको हो। हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ।