Dhulikhel Eco Banner new

सडकमा गाडी रोकेर सामान बिक्री गर्ने तीन गाडीलाई महानगरको गर्‍यो ४५ हजार जरिवाना

1.9K
shares

काठमाडौं, २६ जेठ । काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै तीन वटा गाडी नियन्त्रणमा लिई कारबाही गरेको छ।

महानगर प्रहरीको टोलीले वडा नम्बर १५ स्वयम्भू क्षेत्रको सडक र पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गर्दै सामान बिक्री गरिएको पाइएपछि ती सवारीसाधनहरूलाई नियन्त्रणमा लिएको हो।

प्रत्येक सवारीसाधनलाई १५ हजार रुपैयाँका दरले कुल ४५ हजार जरिवाना तिराइएको महानगर प्रहरीले जनाएको छ।

सडकमा गाडी रोकी तथा सडक पेटीमा सामान बिक्री गर्ने क्रियाकलापले सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने भएकाले महानगर प्रहरीले नियमित रूपमा यस्ता गतिविधिमा कारबाही गर्दै आएको छ।