लस्सी भण्डारलाई महानगरले तिरायो २५ हजार जरिवाना
वि.सं.२०८२ जेठ २७ मंगलवार १७:१९
1.76K
shares
shares

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाले जनकपुर दही लस्सी भण्डारलाई जरिवाना गरेको छ । महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना गरेको हो ।
काठमाडौं महानगरपालिका-२४ मा रहेको उक्त लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो । दहीमा ब्लेड भेटेको गुनासो आएपछि महानगरले टोली गएर अनुगमन गरेको थियो ।



















